देउसीभैलोमा रमाए पर्यटक

म्याग्दी | कात्तिक २०, २०८१

देउसीभैलोमा रमाए पर्यटक

पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गरेका हुन् । इच्छुक पर्यटकले भाइटिका पनि लगाएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले तिहारमा पुनहिल आमा समूहले आयोजना गरेको देउसीभैलोमा पर्यटकहरु पनि नाचगान गरेर रमाइलो गरेका बताउनुभयो ।

 

“प्रकृतिसँग रमाउन आएका पर्यटकहरुले तिहारको सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्ने अवसर पाएका छन्”, उहाँले भन्नुभयो “पर्यटकले मादल बजाउँदै देउसीभैलो गाउनुका साथै नाचेका पनि छन् ।”

 

घोडेपानीका साथै शिख, घार, भुरुङ्ग–तातोपानी, दाना, नारच्याङको देउसीभैलोमा पनि पदयात्रामा आएका पर्यटकहरु रमाएका थिए ।

 

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको दाना–नारच्याङ, भुरुङ्ग–तातोपानी, घार, शिख, घोडेपानी, उल्लेरी, घान्द्रुक, नयाँपुल भ्रमण गर्न आउने पर्यटकका लागि घोडेपानी केन्द्रमा पर्दछ ।

 

पर्यटकलाई संस्कृतिको बारेमा जानकारी गराउने, संस्कृति संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र आयस्रोत जुटाउने उद्देश्यले देउसीभैलो आयोजना गरिएको पुनहिल आमा समूहका अध्यक्ष तारा पुनले बताउनुभयो ।

 

पुनहिल आमा समूहले घोडेपानीमा मगर सङग्रहालय सञ्चालन गरेको छ ।

 

मगर समुदायको पोशाकमा सजिएर स्थानीय कलाकारले आफैँ गीत गाउने, भैलो भट्याउने, बाजा बजाउने र नाच्ने गरेका थिए ।

 

तिहारमा खेलिने देउसीभैलोमा पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेले पनि रमाइलो मानेका अध्यक्ष ताराले उल्लेख गर्नुभयो । देउसीभैलो खेल्न पुगेकाहरुले सम्बन्धित घरको वर्णन गर्दै नाच्ने, गाउने र आशिष दिने गरेका थिए ।

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्